Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानको आक्रमणमा दुबईमा चार र कतारमा १६ जना घाइते

इरानको आक्रमणमा दुबईमा चार र कतारमा १६ जना घाइते

  • काठमाडौँ । इरानले गरेको आक्रमणपछि संयुक्त अरब इमिरेट्सको दुबईमा चार जना घाइते भएका छन् । दुबई सरकारले दिएको जानकारी अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भएको एक घटनामा उनीहरू घाइते भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    यसैबीच अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको अर्को घटनामा अवरोध गरिएको ड्रोनको भग्नावशेष खस्दा एक एशियाली नागरिकको मृत्यु भएको छ भने सात जना अन्य घाइते भएका छन् । मृत्यु भएका नागरिकको परिचय खुलाइएको छैन । 

    AGNI GROUP

    उता कतारमा पनि इरानी आक्रमणका कारण घाइते हुनेको संख्या बढेको छ । कतारको गृह मन्त्रालयका अनुसार पछिल्लो घटनापछि थप आठ जना घाइते भएका छन् । यससँगै आक्रमण सुरु भएयता घाइते हुनेको कुल संख्या १६ पुगेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij