Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उत्तर कोरियाको चेतावनी

दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने

दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने

  • काठमाडौँ । उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियालाई कडा चेतावनी दिएका छन् । किमले आफ्नो देशको सुरक्षा खतरा भएमा दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने चेतावनी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मिडिया रिपोर्टका अनुसार प्योंगयांगमा सात दिन चलेको वर्कर्स पार्टी कांग्रेसको समापन अवसरमा किमले आगामी पाँच वर्षका लागि आफ्नो परमाणु र मिसाइल कार्यक्रम विस्तार गर्ने योजना प्रस्तुत गरेका थिए । सो अवसरमा उनले पानीमुनिबाट प्रहार गर्ने अन्तरमहाद्वीपीय बलिस्टिक मिसाइल, सामरिक परमाणु हतियार, परमाणु संचालित पनडुब्बी, एआईयुक्त ड्रोन र उन्नत उपग्रह विकास गर्ने योजना भएको बताएका छन् ।

    AGNI GROUP

    किमले दक्षिण कोरियालाई 'स्थायी शत्रु' भनेका छन् र त्यससँग कुनै वार्ता सम्भव नहुने बताए । तर उनले अमेरिका प्रतिबन्ध र दबाबको नीति त्यागेमा संवादको संभावना रहेको पनि उल्लेख गरेका छन् । कांग्रेसपछि राजधानीमा भव्य सैन्य परेड आयोजना गरिएको थियो, जहाँ किम आफ्नो छोरीसँग उपस्थित देखिए । परेडमा अमेरिका समेट्न सक्ने ठूलो आईसीबीएम प्रदर्शन भने गरिएको थिएन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij