Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । अमेरिकाको भर्जिनियामा एक नेपाली मूलका पुरुषले आफ्नै परिवारमाथि घातक आक्रमण गरेका छन् ।
भर्जिनियाको फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा सोमबार बिहान उदयपुरको बेलका नगरपालिका घर भएका ५० वर्षीय छत्रबहादुर थापा ९मिलन० ले करिब १० इन्च लामो धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेक छन् । घटनामा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत पनि गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार स्थानीय समय अनुसार बिहान करिब ५स्१५ बजे घरेलु हिंसासम्बन्धी सूचना पाएपछि टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा थापा बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा थिए । हतियार छाड्न दिएको निर्देशन नमानेपछि प्रहरीले गोली चलाउदा थापाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घटनाका बेला घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल फेला परेका छन् । प्रारम्भिक अनुसन्धानमा परिवारसँग सम्बन्धित कुनै अघिल्लो आपराधिक अभिलेख नदेखिएको बताइएको छ । घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij