Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेक्सिकोका कुख्यात लागुऔषध तस्कर एल मेन्चो कारवाहीमा मारिए

मेक्सिकोका कुख्यात लागुऔषध तस्कर एल मेन्चो कारवाहीमा मारिए

  • काठमाडौँ । मेक्सिकोको सेनाले कुख्यात लागुऔषध तस्करी समूह जालिस्को न्यू जेनेरेसन कार्टेल (सीजेएनजी) का प्रमुख नेमेसियो रुबेन इसेगुएरा कार्भानटेस उर्फ ‘एल मेन्चो’ लाई सैन्य कारबाहीमा मारिएको जनाएको छ । एक संघीय अधिकारीका अनुसार आइतबार पश्चिमी राज्य जालिस्कोमा सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा उनी मारिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    एल मेन्चो जलिस्कोको टापालपा सहरमा आइतबार बिहान सबेरै गरिएको अपरेशनमा ढालिएका थिए । कारबाहीअघि जलिस्को तथा अन्य केही राज्यका सडकमा सवारीसाधन जलाएर अवरोध सिर्जना गरिएको थियो । यस्ता अवरोधहरू सामान्यतया ड्रग कार्टेलहरूले सुरक्षाकर्मीको कारबाही रोक्न प्रयोग गर्ने रणनीति मानिन्छ ।

    AGNI GROUP

    सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा जलिस्कोको प्रमुख पर्यटकीय सहर पुएर्टो भल्लार्टामाथि धुवाँको मुस्लो देखिएको र सर्वसाधारण त्रसित हुँदै भागिरहेको दृश्य देखिएको छ ।

    एल मेन्चोको पक्राउका लागि अमेरिकी विदेश मन्त्रालयले १५ मिलियन अमेरिकी डलरसम्मको इनाम घोषणा गरेको थियो । सन् २००९ मा स्थापित सीजेएनजी मेक्सिकोको सबैभन्दा शक्तिशाली र तीव्र रूपमा फैलिएको आपराधिक संगठनमध्ये एक मानिन्छ । फेब्रुअरी महिनामा ट्रम्प प्रशासनले यस समूहलाई विदेशी आतंकवादी संगठनको सूचीमा राखेको थियो । सोही कारबाहीमा एल मेन्चोका एक छोरालाई समेत पक्राउ गरिएको बताइएको छ ।

    सीजेएनजी सेनामाथि आक्रमण, हेलिकप्टर खसाल्ने, ड्रोनबाट विस्फोटक खसाल्ने तथा बारुदी सुरुङ बिछ्याउने जस्ता गतिविधिका लागि कुख्यात रहेको छ। सन् २०२० मा यस समूहले राजधानी मेक्सिको सिटीमा तत्कालीन प्रहरी प्रमुखमाथि अत्याधुनिक हतियार र ग्रेनेड प्रयोग गरी आक्रमण गरेको थियो ।

    अमेरिकी लागूऔषध नियन्त्रण निकाय ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसन (डीईए) का अनुसार सीजेएनजी शक्ति र प्रभावका हिसाबले सिनालोआ कार्टेल सरह मानिन्छ । यसले अमेरिकाका सबै ५० राज्यमा लागुऔषध आपूर्ति गर्दै आएको र कोकिन, फेन्टानिल तथा मेथामफेटामिन कारोबारबाट अर्बौं डलर आम्दानी गर्ने गरेको बताइएको छ ।

    सन् २०११ मा यस समूहले ‘लोस जेटास’ गिरोहका ३५ सदस्यको शव सार्वजनिक स्थलमा फालेर आतंक फैलाएको थियो। मेक्सिकन सरकारले त्यसबेला यसलाई देशकै सबैभन्दा खतरनाक आपराधिक संगठनमध्ये एक घोषणा गरेको थियो। सन् २०१५ मा यसले मेक्सिको सेनाको हेलिकप्टर खसालेको घटना समेत व्यापक चर्चामा आएको थियो।

    एल मेन्चो लामो समयदेखि सिनालोआ कार्टेलसँग शक्ति संघर्षमा संलग्न रहँदै आएका थिए । उनको मृत्युले मेक्सिकोको आपराधिक सञ्जालमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij