Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्व रेलमन्त्री मुकुल रायको निधन

पूर्व रेलमन्त्री मुकुल रायको निधन

  • काठमाडौँ । भारतको तृणमूल कांग्रेसका वरिष्ठ नेता तथा पूर्व रेलमन्त्री मुकुल रयको निधन भएको छ । लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित ७१ बर्षका राय कोलकातास्थित एक निजी अस्पतालमा उपचाररत थिए ।

    onlinepatrika
    Arghakhachi

    अस्पतालका चिकित्सकका अनुसार उनको मृत्यु हृदयघातका कारण भएको हो । पछिल्लो समय उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र अस्पताल आवतजावत भइरहने गरेको जनाइएको छ ।

    AGNI GROUP

    रय सन् २०२१ को विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) को टिकटबाट कृष्णनगर उत्तर सीटबाट विजयी भएका थिए । त्यसपछि उनी पुन: तृणमूल कांग्रेसमा फर्किएका थिए, तर विधायक पदबाट राजीनामा दिएका थिएनन् ।

    यसअघि सन् २०१२ मा तत्कालीन संयुक्त प्रगतिशील गठबंधन (यूपीए) सरकारका समयमा उनी करिब छ महिनासम्म भारतका रेलमन्त्री बनेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij