Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भेटवार्ता

गुगल प्रमुख पिचाईसँग मोदीको भेटवार्ता

गुगल प्रमुख पिचाईसँग मोदीको भेटवार्ता

  • काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गूगल तथा यसको मातृ कम्पनी अल्फाबेट इंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईसँग भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार भेटका क्रममा भारतले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा गरिरहेको कामबारे छलफल भएको र यस क्षेत्रमा गूगलले भारतीय विद्यार्थी तथा पेशेवरहरूसँग सहकार्य कसरी गर्न सक्छ भन्ने विषयमा पनि विचार आदानप्रदान भएको प्रधानमन्त्री मोदीले बताएका छन् ।

    AGNI GROUP

    पिचाई हाल दिल्लीमा जारी ‘इन्डिया एआई इम्प्याक्ट समिट’मा सहभागी हुन आएका छन् । उक्त सम्मेलन भारत मण्डपममा प्रदर्शनीसहित आयोजना गरिएको छ ।

    प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै एआई इम्प्याक्ट समिटका क्रममा पिचाईसँग भेट भएकोमा खुशी व्यक्त गरेका छन् । उनले भारतले एआई क्षेत्रमा गरिरहेको प्रगतिबारे छलफल भएको र गूगलले भारतीय प्रतिभासँग सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि कुराकानी भएको उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij