Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ईरानलाई परमाणु हतियार राख्न कहिल्यै नदिने अमेरिकी विदेशमन्त्री रुबियोको दाबि

ईरानलाई परमाणु हतियार राख्न कहिल्यै नदिने अमेरिकी विदेशमन्त्री रुबियोको दाबि

  • काठमाडौँ । अमेरिकी विदेश मन्त्री मारको रुबियोले ईरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न अनुमति नदिइने स्पष्ट पारेका छन् । उनले ईरान अमेरिका, युरोप, मध्यपूर्व क्षेत्र र विश्व शान्तिका लागि खतरा रहेको दाबी गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    जर्मनीको म्युनिखमा आयोजित म्युनिख सेक्युरिटी कन्फेरेन्सका क्रममा ब्लूमबर्गसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

    AGNI GROUP

    रुबियोका अनुसार मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्ने क्षमता र इच्छा ईरानले देखाएकाले अमेरिका उक्त क्षेत्रमा आफ्नो सेना कायम राख्न चाहन्छ । उनले मध्यपूर्वमा अमेरिकाका सहयोगी देशहरू तथा सैन्य आधारहरू रहेकाले सुरक्षा सन्तुलन कायम राख्न सैन्य उपस्थिती आवश्यक रहेको बताए ।

    उनले थपे- 'ईरानको कुनै गल्तीका कारण ठूलो द्वन्द्व नहोस् भन्ने उद्देश्यले अमेरिका सावधानीपूर्वक आफ्नो उपस्थिति कायम राख्न चाहन्छ ।'

    यसैबीच उनले डोनाल्ड ट्रम्पको प्राथमिकता ईरानसँग सम्झौता गर्नु रहेको पनि उल्लेख गरे । उनले यस्तो सम्झौता कठिन भए पनि अमेरिका प्रयास जारी राख्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij