Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अष्ट्रेलियामा 'शिव आराधना'

अष्ट्रेलियामा 'शिव आराधना'

  • कृष्णप्रसाद सापकोटा

    onlinepatrika
    Arghakhachi

    सिड्नी । अष्ट्रेलियाको हर्सविल क्षेत्रमा महाशिवरात्रिको पावन अवसर पारेर नेपाली समुदायले धार्मिक भजन कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा व्यवसायी तथा लोकदोहोरी गायक विष्णु सापकोटा लगायत स्थानीय कलाकारहरूको सहभागिता रहेको थियो।

    AGNI GROUP

    कार्यक्रममा सहभागी कलाकारहरूले भगवान शिवको आराधनासहित भजन तथा सांगीतिक प्रस्तुति दिएका थिए। प्रवासमा रहे पनि नेपाली धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति देखिएको थियो।

    उपस्थित भक्तजनहरूले सामूहिक रूपमा भजन गाएर शिवरात्रि पर्व मनाउनुका साथै आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश दिएका थिए। आयोजकहरूले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता बढाउने विश्वास व्यक्त गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij