Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेसनलिस्ट पार्टी बिएनपीका नेता तारिक रहमानलाई बधाई दिएका छन् । बिहीबार सम्पन्न मतदानको नतिजाअनुसार बंगलादेश नेसनलिस्ट पार्टी ९बिएनपी० ले एकल सरकार गठन गर्न आवश्यक बहुमत हासिल गरेको दाबी गरेको छ ।
२९९ सदस्यीय संसदमा सरकार बनाउन कम्तीमा १५१ सिट आवश्यक पर्छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बिएनपीले यो आँकडा पार गर्दै हालसम्म २०८ सिट जितेको जनाएको छ ।
बधाई सन्देश दिँदै मोदीले तारिकको नेतृत्वप्रति बंगलादेशका जनताले विश्वास प्रकट गरेको उल्लेख गरेका छन् । सन्देशमा उनले भारत सदैव लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको पक्षमा उभिने बताएका छन् । साथै द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र साझा विकासका लक्ष्यहरू हासिल गर्न मिलेर काम गर्न भारत तत्पर रहेको पनि जनाएका छन् ।
प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन साथै साझा विकास लक्ष्य हासिल गर्न मिलेर काम गर्न तत्पर रहेको जनाएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij