Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादको तरलाई क्षेत्रमा रहेको इमाम बारगाहमा भएको विस्फोटमा धेरै जना घाइते भएका छन् । बीबीसी उर्दूका अनुसार केही व्यक्तिको मृत्यु भएको आशंका पनि गरिएको छ ।
इस्लामाबाद प्रहरीका प्रवक्ताले बीबीसी उर्दूका शहजाद मलिकलाई बताएअनुसार विस्फोट इमामबाडाको आँगनमा भएको थियो ।
उद्धार ११२२ सेवाका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने आईजी इस्लामाबादले शहरमा आपतकाल घोषणा गरेका छन् । तरलाईको इमाम बारगाह खादिजातुल कुबरामा विस्फोट भएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij