Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतको मेघालयमा अवैध कोइला खानी विस्फोट

भारतको मेघालयमा अवैध कोइला खानी विस्फोट

कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको मृत्यु भएको छ ।

  • काठमाडौँ । उत्तर-पूर्वी भारतको मेघालय राज्यस्थित ‘इस्ट जयन्तिया हिल्स’ मा बिहीबार एउटा अवैध कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मृत्यु हुनेमा खोटाङका दुई नेपाली दाजु-भाइ पनि छन् ।

    AGNI GROUP

    प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको ‘डायनामाइट’ का कारण विस्फोट भएको हो, जसले गर्दा विषाक्त ग्यास फैलिनुका साथै सुरुङहरू भत्किएका छन् ।

    अहिलेसम्म १८ वटा शव निकालिएको छ भने ८ जना घाइते भएका छन् । खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने स्थानीयको आशंका छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारु सहयोग दिने घोषणा गरेका छन् । यस्तै मेघालय सरकारले मृतकका परिवारलाई थप ३ लाख भारु दिने बताएको छ ।

    मेघालयमा ‘रेट(होल’ खानी खन्न सन् २०१४ देखि नै प्रतिबन्ध लगाइएको भए पनि उच्च ज्यालाका कारण धेरै श्रमिकहरू ज्यान जोखिममा राखेर काम गरिरहेका छन् । यस्ता श्रमिकहरूमा नेपाली र आसामी नागरिक पनि पर्दछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij