Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्पेनमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने

स्पेनमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने

  • काठमाडौं । स्पेनले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । 
    स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले मंगलबार, फेब्रुअरी ३ मा दुबईमा आयोजित ‘वल्र्ड गभर्नमेन्ट समिट’लाई सम्बोधन गर्दै यो ऐतिहासिक घोषणा गरेका हुन् ।

    साञ्चेजले भने, “हाम्रा बालबालिकाहरू यस्तो क्षेत्रको सामना गरिरहेका छन्, जुन उनीहरूले एक्लै अन्वेषण गर्नका लागि बनाइएको होइन । हामी यसलाई अब थप स्वीकार गर्ने छैनौँ ।”

    यो प्रतिबन्ध अन्तर्गत अब सामाजिक सञ्जाल प्लेटफर्महरूले अनिवार्य रूपमा उमेर प्रमाणीकरण प्रणाली (एज भेरिफिकेसन सिस्टम) लागु गर्नुपर्नेछ । 

    स्पेनी प्रधानमन्त्रीले अर्को हप्ता सरकारले एउटा नयाँ विधेयक ल्याउने जानकारी दिँदै उक्त कानुनले गैरकानुनी र घृणा फैलाउने सामग्री (हेट स्पिच)का लागि सामाजिक सञ्जालका अधिकारीहरूलाई प्रत्यक्ष रूपमा जवाफदेही बनाउने बताए ।

    १६ वर्षभन्दा मुनिका बालबालिका तथा किशोरकिशोरीका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने देशहरूको संख्या विश्वभर बढ्दै गएको देखिन्छ । सन् २०२५ को डिसेम्बरमा अस्ट्रेलियाले विश्वमै पहिलोपटक यस्तो प्रतिबन्ध लगाएको थियो । 

    अहिले स्पेनको यो कदमसँगै बेलायत र फ्रान्सले पनि उमेर सम्बन्धी यस्तै कडा प्रतिबन्धहरू लगाउने विषयमा छलफल गरिरहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij