Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

थाइल्यान्ड महिला टी-२० विश्वकप ग्लोबल छनोटबाट बाहिरियो

थाइल्यान्ड महिला टी-२० विश्वकप ग्लोबल छनोटबाट बाहिरियो

  •  काठमाडौं । थाइल्यान्ड आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटबाट एक खेल खेल्नुअगावै बाहिरिएको छ । शुक्रबार भएको सुपर सिक्सअन्तर्गतको खेलमा अमेरिकासँग २८ रनले पराजित भएसँगै थाइल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना सकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सुपर सिक्समा शून्य अंकबाट सुरुवात गरेको थाइल्यान्डले अब अन्तिम खेल जितेपनि पर्याप्त हुने छैन । अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९ ओभरमा १०० रनमा अलआउट भयो ।

    AGNI GROUP

    आजै विहान भएको खेलमा बंगलादेशले स्कटल्यान्डमाथि ९० रनको जित निकाल्यो । बंगलादेशले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन मात्र बनायो ।

    यस्तै आयरल्यान्डले पनि नेदरल्यान्ड्समाथि ९८ रनको फराकिलो जित निकालेको छ । १४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४५ रनमा अलआउट भयो । हारका बाबजुद नेदरल्यान्ड्स विश्वकपमा छनोट भइसकेको छ ।

    सुपर सिक्समा ६-६ अंक भएका बंगलादेश र नेदरल्यान्ड्स विश्वकपका लागि छनोट भइसकेका हुन् । अब आयरल्यान्ड, स्कटल्यान्ड र अमेरिकामध्ये दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij