Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेकपा एमालेले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी फागुनको पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक हुने जानकारी दिएका हुन् ।
‘पार्टीले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्नेछ । निर्वाचन आयोगले उम्मेदवारी दर्तापछि प्रचारको कार्यतालिका निकै पछि मात्र दिएको छ । आचारसंहितको कारणले अहिले उम्मेदवारहरूले प्रचारमा जान सक्नुभएको छैन,’ महासचिव पोखरेलले भने, ‘आयोगले तय गरेको कार्यतालिकाअनुसार प्रचारप्रसारको समय सुरु भएपछि उम्मेदवारहरू पार्टीको घोषणापत्र लिएर मतदातासमक्ष जानुहुनेछ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij