Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

मुम्बईमा प्रदूषणका कारण क्रिकेट खेलाडीले लगाए मास्क

मुम्बईमा प्रदूषणका कारण क्रिकेट खेलाडीले लगाए मास्क

  • काठमाडौं । भारतको मुम्बईमा जारी रणजी ट्रफी क्रिकेट प्रतियोगितामा प्रदूषणका कारण खेलाडीहरूले मास्क लगाएर खेल्नुपरेको छ।

    onlinepatrika
    Arghakhachi

    दिल्लीविरुद्धको खेलको पहिलो दिन बान्द्रा कुर्ला कम्प्लेक्समैदान नजिकै भइरहेको निर्माण कार्य (कन्स्ट्रक्सन) बाट उडेको धुलो र धुवाँका कारण मुम्बईका खेलाडी समस्यामा परेका हुन्।

    AGNI GROUP

    खेलको तेस्रो सत्रमा मुम्बईका ब्याटर सरफराज खान, उनका भाइ मुशिर खान र स्पिनर हिमांशु सिंह मास्क लगाएर फिल्डिङ गरिरहेको देखिएका थिए। बिहीबार त्यहाँको वायु गुणस्तर सूचकांक १६० को आसपास थियो, जसलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

    सामान्यतया क्रिकेट मैदानमा खेलाडीले मास्क लगाएको देखिँदैन। तर, मैदानको ठीक छेउमै भवन निर्माणको काम भइरहेकाले धेरै धुलो उडेर सास फेर्न गाह्रो भएपछि खेलाडीहरूले मास्कको सहारा लिएका हुन्।

    मुम्बईका बलर मोहित अवस्थीका अनुसार प्रदूषणले सास फेर्न समस्या भएपछि करिब आधा घण्टासम्म उनीहरूले मास्क लगाएका थिए, तर पछि भने हटाएका थिए।

    यसैबीच, आइसिसी विश्वकप २०२६ का खेलहरू पनि अर्को हप्तादेखि सुरु हुँदैछन्। यस प्रतियोगिताको समूह 'सी' मा रहेको नेपालले आफ्ना सबै खेलहरू मुम्बईमा नै खेल्ने तय भएको छ।

    मुम्बईको यस्तो प्रदूषित वातावरणले आगामी खेलहरूमा खेलाडीको स्वास्थ्य र प्रदर्शनमा कस्तो असर पार्छ भन्ने चासो बढेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij