Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विमान दुर्घटनामा निधन भएका उपमुख्यमन्त्री पवारको अन्त्यष्टि

विमान दुर्घटनामा निधन भएका उपमुख्यमन्त्री पवारको अन्त्यष्टि

  • काठमाडौँ । भारतको महाराष्ट्रका पूर्व उपमुख्यमन्त्री अजित पवारको अन्तिम संस्कार गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार महाराष्ट्रको बारामतीमा विमान दुर्घटनामा निधन भएका पवारको बारामतीको काटेवाडीस्थित विद्या प्रतिष्ठान मैदानमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको हो ।

    AGNI GROUP

    उनलाई उनका दुई छोरा पार्थ र जय पवारले दागबत्ती दिएका थिए । अजितकी श्रीमती सुनेत्रा पवार, उनका दुई छोरा पार्थ र जय, उनका काका शरद पवार र उनकी छोरी सुप्रिया सुले अन्तिम संस्कारमा उपस्थित थिए ।

    त्यस्तै भारतका केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन, केन्द्रीय मन्त्री नितिन गडकरी, गोवाका मुख्यमन्त्री प्रमोद सावन्त, पूर्व गृहमन्त्री सुशील कुमार शिन्दे, आन्ध्र प्रदेशका मन्त्री नारा लोकेश र महाराष्ट्र नवनिर्माण सेना प्रमुख राज ठाकरे पनि अन्तिम संस्कारमा पुगेका थिए । अन्त्येष्टिमा हजारौं मानिसहरू सहभागी थिए ।

    बुधबार बिहान ८:४५ बजे पवारको चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको थियो । ६६ वर्षका पवार सवार विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो ।

    दुर्घटनामा पवारका सुरक्षा गार्ड, दुई पाइलट र एक महिला चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु भएको थियो । पवारको निधनमा महाराष्ट्रमा तीन दिनको राजकीय शोक घोषणा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij