Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाली कांग्रेस रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोमबारदेखि घरदैलो अभियान सुरु गर्ने भएको छ। पार्टीले माघ १९ गतेबाट सुरु हुने प्रचारका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्न लागेको जनाएको छ ।
त्यसको लागि नेताहरूलाई जिम्मेवारी दिन कांग्रेस शनिबार पूर्ण बैठक आह्वान गरिसकेको छ। बैठकमा जिल्लाका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई उपस्थित हुन पत्रमार्फत जानकारी गराइएको छ ।
पार्टीका प्रचारप्रसार संयोजक हिमाल ढुङ्गेलका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते पार्टीका पूर्व सभापति रामचन्द्र खड्काको उम्मेदवारी दर्ता भएपछि चुनावी रणनीति तय गर्दै घरदैलो अभियानको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘उम्मेदवारी दर्तापछि काठमाडौंमा पार्टी कार्यकर्तासँग छलफल गरेर चुनावी रणनीति तय गरेका छौँ, अब सोमबारबाट घरदैलो अभियान थाल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।’ ढुङ्गेलले भने ।
पार्टीले चुनावी प्रचारप्रसारलाई दुई चरणमा सञ्चालन गर्ने जनाएको छ । अनौपचारिक घरदैलो कार्यक्रम खाँडादेवी गाउँपालिकाको वडा नं ३ भिरपानीबाट सोमबारदेखि सुरु हुनेछ। औपचारिक चुनावी प्रचार अभियान भने फागुन ४ गतेदेखि लिखु तामाकोशी गाउँपालिकाको नागीबाट सुरु हुने छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसले रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ । जिल्लमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारसहित कुल १७ जनाले प्रतिस्पर्धा गर्दै छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij