Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सुपर सिक्समा स्कटल्याण्ड र बंगलादेश विजयी

सुपर सिक्समा स्कटल्याण्ड र बंगलादेश विजयी

  • काठमाडौं । काठमाडौँमा जारी आइसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफार्यसका सुपर सिक्स अन्तर्गत स्कटल्याण्ड र बंगलादेशले विजयी शुरुवात गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार सम्पन्न खेलमा स्कटल्याण्डले आयरल्याण्डलाई ३९ रनले पराजित गरेको हो । स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको आयरल्याण्ड १९।२ ओभरमा अल आउट हुदै १२१ रन मात्र बनाएको थियो ।

    AGNI GROUP

    यसअघि स्कटल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको थियो ।

    त्यसैगरी बुधबार सम्पन्न अर्को खेलमा बंगलादेशले थाइल्याण्डलाई ३९ रनले पराजित गरेको छ । बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछाएको थाइल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १२६ रन बनाएको थियो । यसअघि बंगलादेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

    अब सुपर सिक्स अन्तर्गत आगामी शुक्रबार बंगलादेशले स्कटल्याण्डसँग खेल्ने छ भने थाइल्याण्डले अमेरिकासँग खेल्ने छ । त्यस्तै आयरल्याण्डले नेदरल्याण्डससँग खेल्ने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij