Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । भारतले आज ७७ औँ गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो ।
गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दै छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार समारोहमा प्रदर्शन गरिने परेडमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का दौरान तैनाथ प्रमुख हतियार प्रणालीहरूको मोडल पनि समावेश हुने छ।
युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमीशनका अध्यक्ष उर्सुला वान डेर लेयेन गणतन्त्र दिवस समारोहमा मुख्य अतिथि रहने छन्।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको अगुवाइ गर्ने बताइएको छ । कार्यक्रम भारतीय समयअनुसार बिहान साढे १० बजे सुरु हुने र ९० मिनेटसम्म चल्ने छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७७ औँ गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत् देशवासीलाई बधाई दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij