Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रूपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबी गर्दै कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन् । उनले आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्ने अधिकार पाउनुपर्ने पनि अनुरोध गरेका छन् ।
उनको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
निर्वाचन अधिकृतले जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाह भए पनि कैद र कसुरको अभिलेख भएकाले चौधरीको उम्मेदवारी रद्द गरिएको जनाएको थियो । चौधरीले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij