Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । २५ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा दुई डीएसपी ‘बेष्ट ईन्टीग्रीटी अवार्ड’ र एपिएफ सम्मानबाट सम्मानित भएका छन् । ‘बेष्ट ईन्टीग्रीटी अवार्ड’ बाट डीएसपी लोकेन्द्र सुब्बा र एपिएफ सम्मानबाट दीपक कोइराला सम्मानित भएका हुन् ।
शुक्रबार सशस्त्रको हलचोकस्थित प्रधान कार्यालयमा आयोजित प्रभातकालीन विशेष समारोहमा आईजीपी राजु अर्यालले सो पुरस्कार प्रदान गरेका हुन् ।
‘बेस्ट ईन्टिग्रिटी अफिसर अवार्ड’ कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका डीएसपी सुमन थपलियाको स्मृतिमा स्थापना गरिएको हो । उक्त अवार्डको राशी २५ हजार रुपैयाँ छ । अवार्ड पाउने डीएसपी सुब्बा सशस्त्रको नं. ३७ रिजर्भ गण, पकली, सुनसरीमा कार्यरत छन् ।
उनले विराटनगरको रानी, सिरहाको मार्डर र पर्साको वीरगञ्ज भन्सार गुल्मको कमाण्ड सम्हाल्दा राजश्व संकलन र तस्करी नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएका थिए ।
एपीएफ सम्मानबाट सम्मानित डीएसपी दीपक कोइराला विभिन्न जिम्मेवारीमा इमान्दार, अनुशासित र बहुआयामिक व्यक्तिको रूपमा चिनिन्छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij