Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कांग्रेसका बागी उम्मेदवार आचार्यले लिए उम्मेदवारी फिर्ता

कांग्रेसका बागी उम्मेदवार आचार्यले लिए उम्मेदवारी फिर्ता

  • काठमाडौँ । काठमाडौँ–१ नेपाली कांग्रेसका बागी उम्मेदवार बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका आचार्यले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए ।

    AGNI GROUP

    कांग्रेसबाट काठमाडौँ– १ मा प्रबल थापाले उम्मेदवारी दिएका छन् । तर उनले नेपाली कांग्रेस वडा, क्षेत्र, जिल्ला, प्रदेशस्तरका कांग्रेस नेता कार्यकर्ताहरूको सल्लाह, सुझाव एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको संवादपछि थापालाई समर्थन गर्दै उम्मेदवारी  फिर्ता लिएको बताएका छन् ।

    उनले भने, ‘मेरो भूमिका नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारलाई विजयी गराउन तन, मनले हुने आदरणीय सबै कांग्रेस नेता, कार्यकर्ता तथा अग्रजहरूमा जनाउँदछु १ नेपाली कांग्रेस जिन्दाबाद, भोट केमा रुखमा हाल्ने छु ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij