Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एमाले नेता रास्वपामा २४ घण्टा पनि टिकेनन्

एमाले नेता रास्वपामा २४ घण्टा पनि टिकेनन्

  • काठमाडौं । नेकपा एमालेनिकट युवासंघ दमकका सचिव कमल प्रसाद गैरे एमालेमै फर्किएका छन् । बुधबार बालेन साहलाई प्रधानमन्त्री बनाउने भन्दै रास्वपा प्रवेश गरेका गैरे २४ घण्टा नबित्दै पुन: एमालेमै फर्किएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफू एमालेमै रहेको जानकारी दिएका छन् ।

    AGNI GROUP

    उनले सामाजिक सञ्जालमा हिजो केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत पार्टी छोडेको भनेर लेखेता पनि गहिरो सोच, अध्ययन र विश्लेषणपछि एमालेमै फर्किएको र भोलि पनि एमालेमै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उनले भनेका छन्, ‘हिजो केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत पार्टी छोडेको भनेर लेखेता पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजो गरेका गल्तीलाई सच्चाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा नै हिजो पनि यही थिए आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

    उनले दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रकै विकासका लागि राष्ट्रनायक केपी ओली नै भएको भन्दै उनलाई जिताउनका पार्टी तथा संगठनमा रहि यो अभियानलाई पुरा गर्ने संकल्पसहित प्रतिबद्ध रहेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट