Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नेदरल्याण्ड्सविरूद्ध जितका लागि नेपालले पायो १४१ रनको लक्ष्य

नेदरल्याण्ड्सविरूद्ध जितका लागि नेपालले पायो १४१ रनको लक्ष्य

  • काठमाडौं । आइसिसी टी-२० महिला विश्वकप छनोटमा नेपालले नेदरल्याण्डविरूद्ध जितका लागि १४१ रनको लक्ष्य पाएको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ५ ओभरको क्षतिमा १४० रन बनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    नेदरल्याण्ड्सका लागि कप्तान बबेत्ते दि लिडले सर्वाधिक ४९ रन बनाइन् । उनले ५७ बलमा ७ चौका प्रहार गरिन् ।

    AGNI GROUP

    स्टेर्रे कालिसले ३४ बलमा २ चौका हानेर ३० रन बनाइन् । रोबिन रिज्केले १९ र हेथर सेइगर्सले १३ रन बनाइन् ।

    बलिङतर्फ नेपालकी रूबिना क्षेत्रीले २ विकेट तथा सोमु विष्ट, पुजा महतो, रिया शर्माले एक विकेट लिइन् । नेपालले पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

    विश्वकप छनोटमा १० देश सहभागी छन् ।

    समूह एमा बंगलादेश, आयरल्यान्ड, पिएनजी, नामिबिया र अमेरिका छन् । 'बी' मा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स र नेपाल छन् ।

    तीमध्ये शीर्ष चार देश इङल्याण्ड र वेल्समामा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।
    समूहमा शीर्ष तीन-तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सबाट शीर्ष चार टोली विश्वकपमा पुग्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij