Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न

  • काठमाडौँ । नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ सम्पन्न भएको छ। आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रदर्शनी जङ्गी अड्डा परिसरमा सञ्चालन गरिएको थियो।

    onlinepatrika
    Arghakhachi

    माघ ४ गतेदेखि ७ गतेसम्म चार दिन सञ्चालन भएको प्रदर्शनीमा नेपाली सेनाको सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, शान्ति स्थापना कार्य, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय र राष्ट्रिय सेवा दललगायतका गतिविधिहरू समेटिएका ३० वटा स्टल राखिएको थियो।

    AGNI GROUP

    p1-2-768x512.jpg

    प्रदर्शनीमा आम नागरिकसँगै विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। माघ ४ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलले प्रदर्शनीको उद्घाटन गरेका थिए।

    प्रदर्शनीको समापनका अवसरमा माघ ७ गते जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रदर्शनीमा सहभागी युनिटहरूलाई धन्यवाद दिँदै प्रशंसा पत्र प्रदान गरे।

    प्रदर्शनीमार्फत अवलोकनकर्ताहरूले नेपाली सेनाको विकासक्रम तथा हाल सेनाले सम्पादन गरिरहेको बहुआयामिक जिम्मेवारीबारे जानकारी पाएको विश्वास लिइएको नेपाली सेनाले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट