Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय

  • काठमाडौं । जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ।

    onlinepatrika
    Arghakhachi

    सन् २०२२ मा भएको उक्त घटनाले जापानसहित विश्व समुदायलाई स्तब्ध बनाएको थियो । ४५ वर्षीय यामागामीले चुनावी अभियानका क्रममा आबेमाथि गोली प्रहार गरेको स्वीकार गरेका थिए । सरकारी वकिलहरूले यो हत्या “जापानको युद्धपछिको इतिहासमै अभूतपूर्व” भएको उल्लेख गर्दै समाजमा गम्भीर असर परेको तर्कसहित आजीवन कारावासको माग गरेका थिए ।

    AGNI GROUP

    यामागामीका कानुन व्यवसायीहरूले भने अधिकतम २० वर्ष कैद सजाय माग गरेका थिए । घटनापछि सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठेको थियो । नारा प्रान्तका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा “नकार्न नसकिने कमजोरी” रहेको स्वीकार गर्दै घटनाको विस्तृत छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए।

    जापान विश्वकै सुरक्षित मुलुकमध्ये एक मानिन्छ र यहाँ बन्दुकसम्बन्धी कानुन अत्यन्त कडा छन् । तर सन् २०२२ मा नारा शहरमा आयोजित चुनावी सभामा भाषण सुरु गरेको केही मिनेटमै आबेलाई पछाडिबाट नजिकैबाट गोली हानिएको थियो ।

    ६७ वर्षीय आबेलाई गम्भीर अवस्थामा अस्पताल लगिए पनि उनको श्वासप्रश्वास र मुटुको धड्कन बन्द भइसकेको थियो । चिकित्सकको प्रयासका बाबजुद उनलाई मृत घोषणा गरिएको थियो ।

    प्रहरीका अनुसार यामागामीले अनुसन्धानका क्रममा शान्त रूपमा बयान दिँदै आबेमाथि आक्रमण गरेको स्वीकार गरेका थिए ।

    उनले पूर्व प्रधानमन्त्री आबेको कुनै एक संस्थासँग सम्बन्ध रहेको भन्ने अफवाहका कारण हत्या योजना बनाएको बताएका थिए, यद्यपि उक्त संस्थाको नाम सार्वजनिक गरिएको छैन् । अदालतको यो फैसलासँगै जापानमा राजनीतिक नेताहरूको सुरक्षा र सार्वजनिक सभाको व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij