Jun 07 2026 | २०८३, जेठ २४ गते
दमक । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका दमक नगरका अध्यक्ष छवि खतिवडाले बालेन शाहको समर्थन गर्दै पार्टी छोडेका छन् ।
खतिवडाले झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताउदै एमालेको संगठित सदस्य पद परित्या गरेको घोषणा गरेका हुन् ।
उनले भनेका छन्
’आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु ।
यो मेरो राजनीतिक जीवनमा सहयोग गर्नुहुने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेको र उनलाई बालेन शाहले चुनौती दिएको समयमा उनले पार्टी छोडेर बालेनको कित्तामा उभिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij