Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

खल्तीमार्फत खाता लिङ्क गरी कारोबार गर्दा पुरस्कार जित्ने नेपाल बैंकको नयाँ अभियान

खल्तीमार्फत खाता लिङ्क गरी कारोबार गर्दा पुरस्कार जित्ने नेपाल बैंकको नयाँ अभियान

  • काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड तथा खल्ती वाई आईएमईको सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंककोे ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि माघ र फागुन महिनाभर लागु हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी “लिङ्क गर्नुहोस्, लोड गर्नुहोस् र निकाल्नुहोस्– खल्ती मार्फत पुरस्कार जित्नुहोस्” अभियान सञ्चालनमा ल्याएकोे छ ।

    onlinepatrika
    Arghakhachi

    सो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता खल्तीमा लिङ्क गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई मुभी टिकट वा खल्ती प्रो सब्स्क्रिब्सन र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद रु. १५ हजार पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।

    AGNI GROUP

    सो अभियानमा योग्य हुनको लागि खल्ती वालेटमा दर्ता भईके वाईसी अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता खल्ती वालेटमा लिङ्क हुनुपर्ने तथा ष्लिप गरिएको खाता मार्फत कारोबार भएको हुनुपर्नेछ ।

    यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरको फोन नं. ०१ ५९७१२२२ मा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङ तर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।

    हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट