Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

काठमाडौँमा नदी किनारको ‘थप २० मिटर’ मापदण्ड खारेज

काठमाडौँमा नदी किनारको ‘थप २० मिटर’ मापदण्ड खारेज

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनारका निजी जग्गामा भवन निर्माण गर्न लगाइएको रोक हटाएको छ। सर्वोच्च अदालतको पछिल्लो आदेश कार्यान्वयन गर्दै महानगरले नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्माण अनुमति (नक्सा पास) फुकुवा गरेको हो।

    onlinepatrika
    Arghakhachi

    यसअघि नदी किनारको मापदण्डमा थप २० मिटर जग्गा छोड्नुपर्ने व्यवस्था लागू गर्दै महानगरले निर्माण कार्य र नक्सा पास रोक्का राखेको थियो। तर, सर्वोच्च अदालतले उक्त व्यवस्था कानुनसम्मत नदेखिएको ठहर गरेपछि महानगरले प्रतिबन्ध हटाएको हो।

    AGNI GROUP

    महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार, अब मन्त्रिपरिषद्ले २०६५ सालमा तोकेको मापदण्डको अधीनमा रही निजी जग्गामा भवन निर्माण गर्न अनुमति नरोकिने स्पष्ट गरिएको छ।

    यस निर्णयसँगै काठमाडौँ उपत्यकाका नदी किनारमा जग्गा भएका जग्गाधनीले पुरानो मापदण्ड पालना गरी घर निर्माण गर्न पाउने भएका छन् भने यसअघि रोकिएका निर्माणाधीन संरचनाको काम पनि अघि बढ्ने भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट