Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका तर्फबाट डा. सुरेन्द्र कुमार यादवले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालय पुगेर डा. यादवले आफ्नो मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका क्रममा जसपा नेपालका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति थियो।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. यादवले मधेशका मुद्दा, सामाजिक न्याय, सुशासन र समावेशी विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउने बताए । उनले जनताको अधिकार र समृद्धिका लागि संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
महोत्तरी क्षेत्र नं. ४ मा यसअघि पनि प्रतिस्पर्धात्मक राजनीति हुँदै आएको छ। गत निर्वाचनमा नेपाली कांगे्रसका महेन्द्र कुमार रायबाट पराजित भएका थिए । काँग्रेसका यादवले २५ हजार ४ सय ४८ मत ल्याउँदा जसपा नेपालका डा.यादवलले २१ हजार ३ सय ३१ मत प्राप्त गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij