Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एमाले उपमहासचिव भट्टले दर्ता गरे उम्मेदवारी

एमाले उपमहासचिव भट्टले दर्ता गरे उम्मेदवारी

  • काठमाडौँ । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा मनोनयन दर्ता गराएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि अत्तरियामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन ।

    AGNI GROUP

    उनको प्रस्तावकका गणेश बहादुर साउद र समर्थकमा विक्रम विष्टले हस्ताक्षर गरेका छन ।

    २०६४ सालदेखि निर्वाचन लड्दै आएका भट्ट काठमाडौँको भृकुटीमण्डपमा गत मंसिरसमा सम्पन्न ११औँ राष्ट्रिय महाघिवेशनबाट सर्वाधिक मतसहित एमालेको उपमहासचिवमा निर्वाचित भएका थिए ।

    यसपाली कैलाली ४ मा नेपाली काँग्रेसका विरबहादुर बलायरले चुनाव नलडने भनेपछि आनन्द विष्टले टिकट पाएका छन । कैलाली ४ मा नेकपाले भने हरि चौधरीलाई टिकट दिएको छ ।

    २०७९ सालको निर्वाचनमा भट्ट नेपाली काँग्रेस र माओवादी गठबन्धनका साझा उमेदवार विरवहादुर बलायरसँग पराजित भएका थिए । भट्ट २०६४ सालको संविधान संविधान सभा र २०७४ सालको आम निर्वाचनमा ४ नम्बरबाटै विजयी भएका थिए । २०७० सालको संविधान सभा भने उनले गुमाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट