Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । नेकपा (एमाले) परित्याग गरेका पूर्वमन्त्री तथा पूर्वसांसद वृजेशकुमार गुप्ताले एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह ‘तारा’ बाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
गुप्ताले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
उनको उम्मेदवारी प्रस्तावकमा धर्मबहादुरलाल श्रीवास्तव र समर्थकमा रामदास चौधरी रहेका छन् ।
पूर्वमन्त्री गुप्ता यसअघि नेकपा (एमाले)बाट राजनीति गर्दै आएका अनुभवी नेता हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij