Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

काठमाडौं-३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने-रास्वपाको बहुमत आउँछ

काठमाडौं-३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने-रास्वपाको बहुमत आउँछ

  • कामठाडौं । काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनोनयन दर्ता गराएका छन्।

    onlinepatrika
    Arghakhachi

    मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले निर्वाचनमा रास्वपाको बहुमत आउने विश्वास व्यक्त गरे । त्यस्तै उनले सत्ताको फोहोरी खेलभन्दा पनि जनतालाई डेलिभरी गर्ने काममा आफूहरु लाग्ने प्रतिबद्धता जनाए।

    AGNI GROUP

    उनले भने,‘हरेक जनप्रतिनिधिहरु जनताको समस्या पीडा बुझ्ने हुनुपर्छ। अबको सरकार भनेको बालेन सरकार हो। उहाँ एक्लैले गएर मात्र गर्न सक्ने अवस्थापनि छैन। त्यसैले आगामी निर्वाचन मार्फत स्वतन्त्र पार्टीले बहुमत ल्याउँछ। एक ढिक्का भएर सत्ताको फोहोरी खेलभन्दा पनि जनतालाई डेलिभरी गर्ने काममा लाग्ने छौं।’

    नयाँ परिवर्तनको लागि भएपनि एक पटक रास्वपालाई विश्वास गर्न उनले आग्रह गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट