Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पुनले मंगलबार सदरमुकाम लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    AGNI GROUP

    पुनको प्रस्तावकमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महरा र समर्थकमा राष्ट्रियसभा सदस्य झक्कु सुवेदी छन् ।

    उम्मेदवारी दर्ता गर्ने क्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, नेताहरु महरा र सुवेदीसहित लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन सिजललगायत सहभागी थिए ।

    पुन तेस्रो पटक रोल्पाबाट उम्मेदवार बनेका हुन् । यसअघि उनी ०७४ र ०७९ को निर्वाचनमा नेकपाको आधार क्षेत्र मानिने रोल्पाबाट विजयी भएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट