Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बागमती प्रदेशसभा सदस्य दुलालद्वारा राजीनामा

बागमती प्रदेशसभा सदस्य दुलालद्वारा राजीनामा

  • काठमाडौं ।  बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुपाल्चौक क्षेत्र नं २ मा प्रत्यक्षतर्फ टिकट दिएपछि दुलालले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्।

    AGNI GROUP

    गत २०७९ सालको प्रदेशसभा सदस्यमा सिन्धुपाल्चौक क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका थिए।

    पार्टीले विश्वास र भरोसा गरेर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको टिकट दिएपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको दुलालले बताए। ‘प्रदेशसभा सचिवालयमा राजीनामा बुझाएर भर्खरै सिन्धुपाल्चौक आफ्नो क्षेत्र फर्केको छु’, उनले भने, ‘भोलि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने छु।’

    यता बागमती प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले प्रदेशसभा सदस्य दुलालको राजीनामा पत्र सचिवालयमा आइसकेको र दर्ता गरी स्वीकृत गर्ने प्रक्रिया अघि बढेको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट