Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । जनप्रशासन क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको पीएसी अन्तरकलेज क्रिकेट प्रतियोगिताको उपाधि त्रिचन्द्र कलेजले जितेको छ।
कीर्तिपुरस्थित ल्याबोरेटोरी स्कुलको मैदानमा भएको फाइनल खेलमा शहीद स्मारक कलेजलाई २५ रनले हराउँदै त्रिचन्द्रले उपाधि जितेको हो। त्रिचन्द्रले दिएको ८८ रनको लक्ष्य पछ्याएको शहीद स्मारक १९ ओभरमा ६२ रनमा सीमित भयो।
पौष २६ गते सुरु भएको प्रतियोगितामा १२ वटा क्याम्पसका टोली सहभागी भएका थिए। प्रतियोगितामा कूल ८ विकेटका साथै ५८ रन जोडेका मुकेश बुढा म्यान अफ द सिरिज भए।
प्रतियोगितमा विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता टिमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको जनप्रशासन क्याम्पसका स्ववियु सभापति अनिकेत तिवारीले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij