Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एमालेले परिवार दलसित चुनावी तालमेल गर्ने, ओली र एकनाथले गरे सहमति

एमालेले परिवार दलसित चुनावी तालमेल गर्ने, ओली र एकनाथले गरे सहमति

  • काठमाडौँ । नेकपा एमाले र नेपाल परिवार दलबीच चुनावी तालमेल हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र परिवार दलका संस्थापक एकनाथ ढकालबीच हिजो ४ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    onlinepatrika
    Arghakhachi

    दुई दलबीच राष्ट्रियता, विकास, लोकतन्त्र, शान्ति र संविधानको खातिर सहमति गरिएको सम्झौतापत्रमा उल्लेख छ ।

    AGNI GROUP

    दुवै दलले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा पनि विगतदेखिको सहकार्यलाई निरन्तरता दिने बताएका छन् । नेपाल परिवार दलले नेकपा (एमाले)ले उठाएका उम्मेदवारहरूलाई समर्थन गर्ने पहिलो बुँदामा उल्लेख छ । यस्तै एमालेले ‘उपयुक्त समयमा’ परिवार दलका प्रतिनिधित्व संघीय संसद तथा प्रदेश सभामा गराउन सहयोग गर्ने भनिएको छ ।

    दोस्रो बुँदामा ‘संसदबाहिर नेपाल परिवार दल’ को स्वतन्त्र राजनीतिक अस्तित्व रहने तर संसदभित्र नेकपा (एमाले) को संसदीय दलमा आबद्ध रहने भनिएको छ ।

    सहमतिपत्रमा उल्लेख नगरिएका विषय आपसी छलफल र सहमतिमा टुंगो लगाउने समेत भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट