Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड ‘हायर’ विश्वको नम्बर एक ब्रान्ड घोषित भएको छ ।
बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलको पछिल्लो तथ्यांङ्क अनुसार बिक्री परिमाणका आधारमा हायर होम एप्लायन्समा पुन: एकपटक विश्वकै अग्रणी ब्रान्ड बन्न सफल भएको हो ।
योसँगै हायर ब्रान्डले विगत १७ वर्षदेखिको आफ्नो यो ऐतिहासिक सफलतालाई कायम राख्न सफल भएको छ। विश्वभरका प्रयोगकर्ताहरूको अटुट विश्वास र सद्भावका कारण हायरले लगातार १७ वर्षदेखि यो ऐतिहासिक सफलता कायम राख्न सफल भएको हो ।
युरोमोनिटर इन्टरनेशनलले जारी गरेको सन् २०२५ को तथ्यांकअनुसार बिक्रीका आधारमा रेफ्रिजेरेटरतर्फ विगत १८ वर्षदेखि हायर विश्वकै नम्बर एक ब्रान्ड बन्दै आएको छ भने वासिङ मेसिनमा १७ वर्षदेखि र वाइन कुलरतर्फ विगत १६ वर्षदेखि हायरका उत्पादन लगातार विश्वको नम्बर १ प्रोडक्टका रुपमा स्थापित छन् । त्यतिमात्रै नभएर हायर ब्रान्डको फ्रिजर बिक्रीका आधारमा विगत १५ वर्षदेखि विश्वकै नम्बर १ प्रोडक्टको रुपमा कायम छ ।
‘ग्राहकको भावना बुझ्ने र उत्पादनमा नवीनता ल्याउने प्रयास हायरको यो निरन्तर सफलताको रहस्य हो । हामी प्रयोगकर्ताहरूलाई सधैँ केन्द्रमा राखेर प्रयोगकर्ताकै आवश्यकता अनुसारका समाधानहरू उपलब्ध गराउँन तत्पर छौँ । हायरले ग्राहकका कुराहरू ध्यान दिएर सुन्छ’, कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उदाहरणका लागि, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले साना लुगाहरू धुने छुट्टै ठाउँ आवश्यकता देखाउँदै कमेन्ट गर्ने गरेको देखेपछि कम्पनीले, ‘मल्टी ड्रम’ वासिङ मेसिनको आविस्कार गरेको थियो ।
यसका साथै, मौसमका हिसाबले सधैँ चिसो हुने ठाउँमा त्यहीअनुसारको वासिङ मेसिन, ऊर्जा खपत कम चाहिने ठाउँमा सोहीअनुसारको प्रविधिलाई कम्पनीले अवलम्बन गरेको छ । यसले ग्राहकको सुझाव र स्थानीय आवश्यकतालाई कम्पनीले कसरी विश्वव्यापी प्रविधिसँग जोड्दै अघि बढिरहेको छ भन्ने प्रस्ट पार्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij