Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रदर्शनकारीलाई मृत्युदण्ड दिने इरानको योजना छैन : ट्रम्प

प्रदर्शनकारीलाई मृत्युदण्ड दिने इरानको योजना छैन : ट्रम्प

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा समातिएका प्रदर्शनकारीलाई मृत्युदण्ड दिने कुनै योजना नरहेको दाबी गरेका छन् । प्रदर्शन दबाउन कडा दमन भइरहेको अवस्थामा इरानविरुद्ध अमेरिकी सैन्य कारबाही गरिने कुरालाई पूर्ण रूपमा अस्वीकार नगरेको पनि उनले स्पष्ट पारेका छन् ।

    onlinepatrika
    Arghakhachi

    विश्वसनीय स्रोतबाट प्राप्त जानकारीका आधारमा इरानमा हत्या रोकिँदै गएको र मृत्युदण्ड दिने योजना नरहेको थाहा भएको ह्वाइट हाउसमा बुधबार सम्बोधन गर्दै ट्रम्पले बताएका छन् ।

    AGNI GROUP

    पत्रकारको प्रश्नमा उनले अर्को पक्षका अत्यन्तै महत्त्वपूर्ण स्रोतहरूले यस्तो जानकारी दिएको र ती विवरण सत्य हुने आशा व्यक्त गरे । इरानमा डिसेम्बरको अन्त्यतिर डलरको तुलनामा इरानी रियालको भाउ कीर्तिमानी न्यून स्तरमा झरेपछि प्रदर्शनहरू भएका थिए । सुरुमा आर्थिक असन्तोषका रूपमा देखिएको यो प्रदर्शन केही दिनमै धार्मिक नेतृत्वको वैधतामाथि प्रश्न उठाउने व्यापक आन्दोलनमा परिणत भएको थियो ।

    यसअघि ट्रम्पले इरानी सरकारले प्रदर्शनकारीलाई मृत्युदण्ड दिए अत्यन्तै कठोर कदम चालिने चेतावनी दिएका थिए । प्रदर्शनका क्रममा पक्राउ परेका २६ वर्षीय एरफान सोल्तानीलाई मृत्युदण्ड सुनाइएको समाचार बाहिरिएपछि अन्तर्राष्ट्रिय स्तरमा इरानको आलोचना भएको थियो ।

    सोल्तानीलाई बुधबार मृत्युदण्ड दिने तयारी रहेको बीबीसी पर्सियनसँग कुरा गर्दै उनको परिवारले बताएका थिए । तर पछि कुर्द मानवअधिकार समूह हेंगावलाई सोल्तानीको मृत्युदण्ड स्थगित गरिएको जानकारी परिवारले दिएको थियो ।

    यसैबिच सुरक्षा चासो बढ्दै गएपछि अमेरिका र बेलायत दुवैले कतारस्थित अल–उदेइद हवाई अड्डामा रहेका आफ्ना केही कर्मचारी फिर्ता बोलाएका छन् । अमेरिकी अधिकारीहरूले यो कदमलाई सावधानी स्वरूप गरिएको आंशिक फिर्ती भनेका छन् । रातभर इरानी हवाई क्षेत्रका अधिकांश उडान झन्डै पाँच घण्टा बन्द गरिएको थियो, जसका कारण धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले आफ्नो उडान मार्ग परिवर्तन गर्नुपरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij