Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु

  • काठमाडौं । थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु भएको छ ५५ जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    थाइल्याण्डको उत्तर – पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खसेको हो । उक्त रेल थाई राजधानी बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै थियो ।

    AGNI GROUP

    यो दुर्घटना बुधबार बिहान बैंककबाट २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो ।

    क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसलगत्तै केही बेर आगलागी समेत भएको थियो बताइएको छ ।

    प्रारम्भिक रिपोर्टहरूमा ४ जनाको मात्र मृत्यु भएको भनिएको थियो। तर यो सङ्ख्या चाँडै बढेर १२ पुग्यो। अहिले थाई प्रहरीले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या २२ पुगेको छ र यो अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा र अहिले पनि दुर्घटनास्थलमा उद्धार कार्य जारी छ । आगलागीलाई भने नियन्त्रणमा लिइसकिएको स्थानीय प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij