Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

  • काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास विस्फोट हुँदा ९ जना नेपालीको ज्यान गएको छ ।

    onlinepatrika
    Arghakhachi

    ज्यान गुमाउनेहरूमा नेपालको सल्यानस्थित सिद्ध कुमाल गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । सिद्ध कमाल गाउँपालिका २ भडारेका २ परिवारका सदस्यले ज्यान गुमाएका हुन् ।

    AGNI GROUP

    सिद्ध कुमाख गाउँपालिका वडा नं. २ टाकुरा स्थायी ठेगाना भएको २ परिवारका ९ जना रोजगारीको शिलशिलामा भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की बजारमा काम गर्दैका थिए ।

    गत आइतबार ग्यास विस्फोट भई आगलागी हुँदा धन बहादुर वि.क, कविता वि.क, राधा वि.क, रेनुका वि.क राजन वि.क, काशिराम कामी, अनु वि.क, टिका वि.क र किरण वि.कको ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष मेक बहादुर बुढाथोकीले जानकारी दिए ।

    वडाध्यक्ष बुढाथोकीका अनुसार उनीहरूको २७ गते नै आगलागीमा परेर मृत्यु भएता पनि पहिचान खुल्न सकेको थिएन । ९ जनाको निधनको शोकमा आज २ नम्बर वडा कार्यालय, वडा भित्र पर्ने सामुदायिक विद्यालय तथा सरकारी कार्यालयमा शोक बिदा दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij