Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आफ्ना नागरिकलाई तुरुन्त भेनेजुएला छोड्न अमेरिकाको आग्रह

आफ्ना नागरिकलाई तुरुन्त भेनेजुएला छोड्न अमेरिकाको आग्रह

  • काठमाडौं । अमेरिकाले आफ्ना नागरिकहरूलाई तुरुन्तै भेनेजुएला छोड्न आग्रह गरेको छ । अमेरिकी विदेश विभागका अनुसार, भेनेजुएलामा सशस्त्र मिलिशियाहरूले नाकाबन्दी लगाएको रिपोर्ट आएको छ ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी विदेश विभागले भेनेजुएलाका मिलिशियाहरूले अमेरिकीहरू र उनीहरूका समर्थकहरूको खोजी गरिरहेको र उनीहरूका सवारी साधनहरूको खोजी गरिरहेको बताएको छ ।

    AGNI GROUP

    भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीको एक हप्तापछि यस्तो कदम चालिएको छ । अमेरिकाले भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्रुआ गरेर अमेरिका लागेको थियो, जहाँ उनी हतियार र लागूपदार्थको तस्करीको मुद्दाको सामना गरिरहेका छन् ।

    निकोलस मादुरोको सट्टा भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकी समर्थनमा देश चलाएको बताउदै अब केहि समय भेनेजुएला आफुहरुको नियन्त्रणमा हुने बताएका थिए ।

    साथै उनले अब भेनेजुएलामा थप आक्रमणको आवश्यकता नपर्ने बताएका थिए । तर आफ्ना नागरिकहरुलाई फिर्ता बोलाएर अमेरिकाले भेनेजुएलामा थप आक्रमणको संकेत गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij