Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

आईएमई लाइफको नवौं साधारणसभा सम्पन्न

आईएमई लाइफको नवौं साधारणसभा सम्पन्न

  • काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा (आज)बिहीबार, काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा सम्पन्न उक्त सभाले कम्पनीका महत्वपूर्ण वित्तीय तथा प्रशासनिक प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

    AGNI GROUP

    साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, सोही वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचिसहितको वित्तीय विवरण अनुमोदन गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गरेको छ ।

    सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १०.५२६३२५ प्रतिशतका दरले हुने रकम ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेतका लागि) वितरण गर्ने निर्णय पारित गरेको छ ।

    विशेष प्रस्ताव अन्तर्गत, कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा अभिलेख गर्ने निकायबाट कुनै संशोधन वा फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव स्वीकृत गरिएको छ। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत कम्पनीले गरेको खर्च अनुमोदन गरिएको छ ।

    सभामा सम्बोधन गर्दै सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग प्रदान गर्ने आदरणीय शेयरधनीहरू, सञ्चालक समिति सदस्यहरू, कम्पनीप्रति विश्वास र भरोसा राख्ने समस्त बीमितहरू, नियमनकारी निकायहरू, पुनर्बीमा कम्पनीहरू, कम्पनीका कर्मचारीहरू, मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, बैंक तथा वित्तीय संस्थाहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij