Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भेनेजुएलामा अमेरिकी आक्रमण, १०० जनाको मृत्यु

भेनेजुएलामा अमेरिकी आक्रमण, १०० जनाको मृत्यु

  • काठमाडौं । अमेरिकी आक्रमणमा भेनेजुएलामा १०० जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएपछि अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणमा बुधबार अबेर राति १०० जनाको मृत्युभएको भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डिओसडाडो काबेलो बताएका छन् ।

    AGNI GROUP

    रोयटर्सका अनुसार काराकासले मारिएकाहरूको संख्या दिएको छैन, तर सेनाले २३ जना मृतकहरूको सूची सार्वजनिक गरेको छ ।

    भेनेजुएलाका अधिकारीहरूले मदुरोको सुरक्षा टोलीको ठूलो हिस्सा ‘चिसो रगतमा’ लत्पत्तिएको बताएका छन् । क्युबाले समेत भेनेजुएलामा आफ्नो सैन्य र गुप्तचरहरु मारिएको बताएको छ ।

    अमेरिकाले छापा मार्ने क्रममा मदुरोसँगै हिरासतमा रहेकी उनकी श्रीमती सिलिया फ्लोरेसको टाउकोमा चोट लागेको काबेलोले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij