Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जम्बो टोलीसहित सिक्किमे मुख्यमन्त्री गोरखातिर

जम्बो टोलीसहित सिक्किमे मुख्यमन्त्री गोरखातिर

  • काठमाडौँ । भारतीय सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोरखा गएका छन् । हिजो राति नयाँ दिल्ली हुँदै काठमाडौं आएका उनी मनकामना मन्दिर दर्शनका लागि त्यता गएका हुन्  । 

    onlinepatrika
    Arghakhachi

    १३ जनाको टोलीसहित तामाङ हिजो एअर इण्डियाको उडान नम्बर एआई २११ मा साँझ पौने ७ बजे त्रिभुवन विमानस्थल आइपुगेका थिए । विमानस्थलबाट मुख्यमन्त्री तामाङ सोझै नक्साल, नागपोखरीस्थित होटल मेरियट गएर बसे ।

    AGNI GROUP

    अपरान्ह काठमाडौं फर्केर भोलि बिहान पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ । केही राजनीतिक भेटघाटपछि उनी भोलि नै नयाँ दिल्ली फर्कनेछन् ।

    टोलीमा निजी सचिव शंकर देव ढकाल,रेजिडेन्ट कमिश्नर अश्विनीकुमार चन्द, मुख्यमन्त्रीका अंगरक्षक महेन्द्र प्रधान,पिए अनोश मगर छन् । त्यसैगरी विकास गुरुङ,राहुल गुरुङ फोटोग्राफरका साथै उनका नातेदारहरुमा निमा तामाङ, ललितकुमार राई,गोपालकुमार गुरुङ,दुप्तेन छिरिङ तामाङ (गोले),सोमबहादुर सुब्बा र छिरिङ तोप्ग्याल भुटिया पनि उनीसँगै नेपाल आएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij