Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

युरोपमा पनि आक्रमण गर्ने अमेरिकाको तयारी

युरोपमा पनि आक्रमण गर्ने अमेरिकाको तयारी

  • काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा आक्रमण गरेर त्यहाँका राष्ट्रपतिलाई नियन्त्रण गरेको अमेरिकाले अब युरोपमा पनि आक्रमण गर्ने तयारी गरिरहेको छ । अमेरिकाले युरोपको स्वसाशित टापु ग्रिनल्याण्ड कब्जा गर्न सैन्य बल प्रयोग गर्ने तयारी गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    ह्वाइट हाउसका अनुसार अमेरिकाले ग्रिनल्याण्ड प्राप्त गर्ने विकल्पहरूमाथि विचार गरिरहेको छ । यी विकल्पहरूमा सैन्य बल प्रयोग पनि समावेश छ। ग्रिनल्याण्ड डेनमार्क नियन्त्रित स्वशासित टापु हो ।

    AGNI GROUP

    ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्न सैन्य बल प्रयोग सहित ‘धेरै विकल्पहरू’ मा छलफल गरिरहेको बताएको छ ।

    एक विज्ञप्तिमा, ह्वाइट हाउसले बीबीसीलाई भन्यो – ग्रीनल्याण्ड प्राप्त गर्नु “राष्ट्रिय सुरक्षा प्राथमिकता” हो ।

    यो बयान यस्तो समयमा आएको हो जब ट्रम्पले तीन दिन अघि मात्र सुरक्षा कारणले अमेरिकालाई ग्रीनल्याण्ड ‘आवश्यक’ भएको दोहोर्‍याएका थिए ।

    यस कथनप्रति प्रतिक्रिया जनाउँदै डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले अमेरिकाको कुनै पनि आक्रमणको अर्थ नेटोको अन्त्य हुने चेतावनी दिएकी छिन् ।

    “राष्ट्रपति र उनको टोलीले यो महत्त्वपूर्ण विदेश नीति लक्ष्य हासिल गर्न विभिन्न विकल्पहरूको बारेमा छलफल गरिरहेका छन् । र, अवश्य पनि अमेरिकी सेनाको प्रयोग गर्नु सधैं कमाण्डर-इन-चीफको लागि एक विकल्प हो,” ह्वाइट हाउसले मंगलबार भन्यो ।

    मंगलबार, छ युरोपेली सहयोगीहरूले डेनमार्कको समर्थनमा एक विज्ञप्ति जारी गरे ।

    बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन र डेनमार्कका नेताहरूले संयुक्त विज्ञप्तिमा भने “ग्रीनल्याण्ड त्यहाँका जनताको हो र डेनमार्क र ग्रिनल्याणडले मात्र आफ्नो पारस्परिक सम्बन्ध सम्बन्धी मामिलामा निर्णय लिन सक्छन् ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij