Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन-जीको विरोध प्रदर्शनमा कम्तिमा ३६ जनाको मृत्यु

जेन-जीको विरोध प्रदर्शनमा कम्तिमा ३६ जनाको मृत्यु

  • काठमाडौं । मानव अधिकार संगठनका अनुसार इरानमा विगत १० दिनदेखि भइरहेको विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    इरानस्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले मृत्यु हुनेमध्ये ३४ जना प्रदर्शनकारी रहेको र दुई जना सुरक्षा बलका सदस्य रहेको जनाएको छ ।

    AGNI GROUP

    इरानी अधिकारीहरूले अहिलेसम्म मृत्यु हुनेको आधिकारिक संख्या जारी गरेका छैनन्, यद्यपि उनीहरूले तीन सुरक्षाकर्मी मारिएको बताएका छन् । बीबीसी फारसीले अहिलेसम्म २० जनाको मृत्यु र पहिचान पुष्टि गरेको छ ।

    एचआरएएनएका अनुसार हिंसाका क्रममा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् र २,०७६ जनालाई पक्राउ गरिएको छ ।

    आर्थिक संकटका कारण सुरु भएका यी विरोध प्रदर्शनहरू अहिले देशका ३१ मध्ये २७ प्रान्तमा फैलिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij