Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन् । एक सय वर्ष पुगिसकेका महाथिरको दाहिने हिपमा फ्र्याक्चर भएको उनका सहयोगीले जानकारी दिएका छन् ।
सहयोगी सुफी युसोफका अनुसार महाथिरलाई मङ्गलबार बिहान होशमै क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युटमा एम्बुलेन्समार्फत लगिएको थियो । प्रारम्भिक चिकित्सकीय परीक्षणपछि उनको दाहिने खुट्टामा हिप फ्र्याक्चर भएको पुष्टि गरिएको सुफीको भनाइ छ।
उपचार र चिकित्सकीय निगरानीका लागि महाथिर आगामी केही हप्तासम्म अस्पतालमै भर्ना रहने बताइएको छ । बालकोनीको एक भागबाट बैठक कोठातर्फ सर्ने क्रममा उनी लड्नुभएको बताइएको छ ।
महाथिरले पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य समस्या भोग्दै आएका छन् । गत जुलाईमा आफ्नो शताब्दी पूरा भएको अवसरमा आयोजित पिकनिक समारोहपछि अत्यधिक थकानका कारण पनि उनी अस्पताल भर्ना भएका थिए ।
महाथिर मोहम्मद मलेसियाको राजनीतिमा दीर्घकालीन प्रभाव राख्ने नेताका रूपमा चिनिन्छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij