Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रुसले दक्षिणी युक्रेनी क्षेत्र ओडेसामा आफ्नो आक्रमण तीव्र पारेको छ । आक्रमणले गर्दा सो क्षेत्रमा व्यापक बिजुली कटौती भएको छ ।
यस क्षेत्रको समुद्री पूर्वाधारलाई जोखिममा परेको छ। मस्कोले यस क्षेत्रमा व्यवस्थित आक्रमण गरिरहेको युक्रेनका उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले भनेका छन् । युद्धमा ध्यान ओडेसा तिर सरेको हुन सक्ने ओलेक्सी कुलेबाले गत हप्ता चेतावनी दिएका थिए ।
बारम्बार गरिएका आक्रमणहरू युक्रेनको समुद्री लजिष्टिकमा पहुँच रोक्न मस्कोको प्रयास भएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।
कृष्ण सागरमा रूसको श्याडो फ्लीटका ट्याङ्करहरूमा ड्रोन आक्रमणको बदला लिन समुद्रमा युक्रेनको पहुँच ठप्प पार्ने धम्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बरको सुरुमा दिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij