Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

बंगलादेशमा हिन्दू युवाको हत्याको आरोपमा सात जना पक्राउ

बंगलादेशमा हिन्दू युवाको हत्याको आरोपमा सात जना पक्राउ

  • काठमाडौँ ।  बंगलादेशको मयमनसिंह जिल्लाको वालुका क्षेत्रमा २७ वर्षीय हिन्दू युवा दिपु चन्द्र दासको हत्याको घटनामा संलग्न सात जना पक्राउ परेका छन् । 

    onlinepatrika
    Arghakhachi

    अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले यस जघन्य घटनामा संलग्न सात जना अभियुक्तलाई र्‍यापिड एक्सन बटालियनले पक्राउ गरेको जानकारी दिएका छन् । 

    AGNI GROUP

    युनुसले सरकार कानून व्यवस्था कायम राख्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउदै उनले कुनै पनि प्रकारको साम्प्रदायिक हिंसा सहन गरिने छैन भनेर स्पष्ट पारेका छन् ।

    युनुसले यो घटना मानवताविरुद्धको अपराध मात्र नभएर सामाजिक सद्भावलाई कमजोर पार्ने प्रयास पनि भएको बताएका छन् । उनले कानून अन्तर्गत अपराधीहरू विरुद्ध कडा कारबाही गरिने र पीडित परिवारलाई न्याय दिइने आश्वासन दिएका छन् ।

    बंगला ट्रिब्यून समाचार पोर्टलको रिपोर्ट अनुसार, मयमनसिंह शहरमा बिहीबार दिपु चन्द्र दास नामक एक हिन्दू व्यक्तिलाई कुटपिट गरी हत्या गरिएको थियो । हत्यापछि भीडले उनको शरीरमा आगो लगाइदिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij